हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध सहित हेटौंडाबाट तीन जना पक्राउ गरेको छ ।
प्रहरीले लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्राम, लागूऔषध नाईट्रोभेट १५० ट्याबलेट सहित तीन जना पक्राउ गरेको हो ।
हेटांैडा उपमहानगरपालिका वडा नं. ११ बस्ने वर्ष २८ को सविन पहाडीले लुकाई छिपाई ल्याएको लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्राम फेला बरामद गरेको हो । प्रहरीले बिशेष सुचनाको आधारमा हेटौडा उपमहानगरपालिका वडा नं. १५ पिपलबोट स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको ना १४ प ३१६४ नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो । लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ,मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै हेटौडा उपमहानगरपालिका वडा नं. ४ पारिजातपथ स्थित पैदल हिडिरहेका हेटौडा ५ शान्तिनगर बस्ने बर्ष १९ को युवराज चौलागाईलाई शंका लागी चेकजाँच गर्दा निजले लगाएको पाईन्टको खल्तीमा लुकाई छिपाई ल्याएको लागूऔषध नाईट्रोभ्याट (४५ ट्याबलेट) बरामद भएको थियो । लागूऔषध नाईट्रोभेट सहित चौलागाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटौडा १० बसपार्कमा बसिरहेको अवस्थामा बकैया गाउपालिका वडा नं. ४ छतिवन घर भई हाल हेटौडा ११ थानाभर्यााङ डेरा गरी बस्ने बर्ष ३३ को लक्ष्मण घलानको साथमा रहेको झोला चेकजाँच गर्दा झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध नुफिन १०० एम्पुल , डाइजेपाम १०० एम्पुल , फेनारगन १०० एम्पुल) र नाईट्रोभेट १०५ वटा ट्याबलेट बरामद गरेको छ ।












प्रतिक्रिया दिनुहोस्