हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. २ का नवनिर्वाचित अध्यक्ष बिष्णु गोपाल महर्जनले कार्यभार सम्हालेका छन ।

वडा सदस्य सहित अध्यक्षले वडा कार्यालयमा कार्यभार सम्हालेका हुन । वडा अध्यक्ष महर्जनले जनताको कामसँगै वडाको बिकास गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए । केही समय प्रशासनिक एवं प्राबिधिक कार्यको अध्ययन गरि टिमसँग छलफल गरेर काम अगाडि बढाउने उनले बताए ।

वडा अध्यक्षसहित सदस्यहरु सुरज बर्तौला, इन्द्र रिजाल, तारा ढुंगाना, मैयाँ परियारलाई वडा सचिब शिबध्वज गोदार तथा कर्मचारीहरुले नव निर्वाचित वडा कार्यपालिकाका सदस्यहरुलाई माला लगाएर कार्यालयमा स्वागत गरेका थिए ।