हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयबाट बजेट रोकिँदा मदन भण्डारी स्वास्थय बिज्ञान प्रतिष्ठानमा अध्ययनरत बिद्यार्थीहरुको भबिष्य अन्यौल बनेको छ ।
स्वास्थ्य मन्त्रालयले २० करोड बजेट छुट्याएकोमा अहिले सम्म प्रतिष्ठानलाई बजेट प्राप्त नहुँदा समस्या भएको हो । परीक्षा संचालन गर्न बजेट अभावका कारण परीक्षा संचालन गर्न नसकिएको मदन भण्डारी स्वास्थय बिज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष सतिश कुमार देबले बताए ।
परीक्षा संचालन गर्दा आन्तरिक परीक्षा र बाह्य परीक्षामा दिइने पारिश्रमिक पहिले नै तय गर्न पर्ने भएकाले कार्यकारी अधिकार नभई सिनेट बैठकबाटै तय गर्नुपर्ने उनले बताए । सिनेट बैठकका लागि कुलपति संग पनि आग्रह गरिएको उनले बताए । सिनेट बैठक पश्चात मात्रै पारिश्रमिक निर्धारण हुने उनको भनाई छ । परीक्षामा सहभागि हुने बिद्यार्थीले बुझाउनुपर्ने शुल्कका लागि सुचना जारी गरिएपनि बिद्यार्थीले शुल्क नबुझाएको उनले बताए । आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीलाइ निवेदन मार्फत शुल्क पनि मिनाह गरिने भनिएको भएपनि कसैले पनि निवेदन नदिएको उनका भनाई छ । बिद्यार्थीहरुले परीक्षामा प्रक्रियागत पुरागर्नुपर्ने नियम पुरा नगरेको उनले बताए ।
मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत फार्मेसी, विपीएच, ल्याब मेडीसिनको स्नातक तहको परीक्षा रोकिएको हो । परीक्षा रोकिँदा ४० जना बिद्यार्थीको भविष्य अन्यौल बनेको छ ।

प्रतिष्ठानको परीक्षा बोर्डले जेठ ३ गतेदेखि परीक्षाको समय निर्धारण गरेको थियो । पछिल्लो समय प्राबिधिक कारण देखाउँदै परीक्षा स्थगित गरिएको भनिएपनि स्वास्थ्य मन्त्रालयबाट बजेट नआउँदा समस्या भएको मदन भण्डारी स्वास्थय बिज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष देबले बताए । स्वास्थ्य मन्त्रालयबाट बजेट नआएकै कारण मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कर्मचारीले तीन महिनादेखि तलब पनि नपाएको उनको गुनासो छ ।

त्यस्तै परीक्षा बोर्ड प्रमुख डाक्टर निती अन्य काममा गएकाले परीक्षाको अन्यौल भएको आरोप बिद्यार्थीहरुले लगाएपनि भाट शौचालय जाने क्रममा लडेर खुट्टामा प्लाष्टर गरेर बसेको प्रतिष्ठानले जनाएको छ । डाक्टर भाट सम्पर्क बिहिन रहेको आरोपमा प्रतिष्ठानले उनी नियमित सम्पर्कमा रहेको र उनको कारण परीक्षाको कुनैपनि काममा अवरोध नभएको स्पष्ट पारेको छ ।

हेटौंडाको स्वास्थ्य क्षेत्रमा आमुल परिर्वतन ल्याउने आशा आम मकवानपुरवासीले गरिरहँदा राजनैतिक दाउपेचका कारण मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अवस्था दयनिय छ भने अति राजनीतिक चलखेलका कारण मकवानपुरवासीले गुणस्तरीय स्वास्थ्य सेवा यस प्रतिष्ठान मार्फत पाउने आशामा तुसारापात भएको छ ।












प्रतिक्रिया दिनुहोस्