हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा साईकल लेन निर्माण सुरु भएको छ ।

हेटौंडाको बुद्ध चोकबाट लेन निर्माणको कार्य सुरु भएको हो । हेटौंडाको बुद्ध चोकबाट पश्चिममा राप्ती पुल, उत्तरमा भौतिक मन्त्रालय, पुर्वमा सानोपोखरा र दक्षिणमा कर्रा पुल सम्म साईकल लेन निर्माण गरिने भएको छ । मकवानपुर जिल्लामै पहिलो पटक साईकल लेनको निर्माण भएको हो । यसअघि पर्यटकीय क्षेत्र पोखरा, ललितपुर, दाङ लगायतको जिल्लामा साईकल लेन निर्माण भईसकेको छ ।

साईकल चढ्नेहरुको लागि सुरक्षा र प्रोत्साहन गर्नका लागि साईकल लेनको निर्माण गरिएको हिमालयन राइड्र्स सोसाईटी हेटौंडाका अध्यक्ष चेतनाथ आचार्यले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडामा साईकल निर्माण गरिएको हो । लेन निर्माण शुभारम्भ भएपछि हेटौंडा उपमहानगरपालिकी मेयर मीनाकुमारी लामाले अवलोकन पनि गरेकी थिइन् ।

सागर पन्थी
थप जानकारी