हेटौंडा । लायन्स क्लब अफ मकवानपुर हेल्प डेक्सको अध्यक्षमा ध्रुवराज ढकाल चयन भएका छन ।
प्रथम साधारण सभाले ढकाललाई अध्यक्ष चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा राज सापकोटा, द्वितीय उपाध्यक्षमा रामेश्वर (इमरान) दास, सचिवमा हरिहर खतिवडा र कोषाध्यक्षमा अच्युत्तम पौडेल चयन भए ।
क्लबका संस्थापक अध्यक्ष प्रवीण मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा एरिया ३२५ बिटुका एरिया–कोचिफ किशोर टण्डन, रिजन चेयरपर्सन एवम् लायन्स क्लब अफ मकवानपुर डायमण्डका संस्थापक अध्यक्ष जेपी यादव, डिष्ट्रिक्ट डेपुटी चिफ गंगा प्रसाद पौडेलको उपस्थिति थियो ।












प्रतिक्रिया दिनुहोस्