हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोश्रो बार्षिक उत्सव हेटौंडामा भएको छ ।
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पानसमा दियो बालेर प्रतिष्ठानको दोश्रो बार्षिक उत्सवको उद्घाटन गरेका हुन । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रगति विवरण रजिष्टार राजेश प्रसाइले प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सतिश कुमार देवले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग गर्ने सबैलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए भने प्रतिष्ठानका कार्यक्रम संयोजक चिरञ्जीवि चुडालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका एमालेका प्रमुख सचेतक दिपक निरौला, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको सभाध्यक्षतामा भएको थियो ।
यसअघि प्रतिष्ठानले बार्षिक उत्सवको अवसरमा खेलकुद प्रतियोगिता, रक्तदान, बृक्षारोपण कार्यक्रम र हेटौंडा अस्पतालका विरामीलाई फलफुल समेत वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत अमर अधिकारीले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्