हेटौंडा । हेटौंडा ८ कमानेका कृष्ण बहादुर अधिकारीलाई सामाजिक अभियान्ता कृष्णराज कोईरालाले नगद पाँच हजार रुपियाँ सहयोग गरेका छन ।
हेटौंडा अस्पतालको लापरवाहीका कारण उपचारको क्रममा अधिकारीको शिशुको मृत्यु भएको थियो । बच्चा जन्मदा स्वस्थ रहेपनि लगतै शिशुको स्वास्थ्यमा समस्या आएपछि हेटौंडा अस्पतालबाट अन्यत्र रिफर गर्नुपर्ने शिशुलाई डिस्चार्ज गरेर डाक्टरले घर पठाएपछि शिशुको मृत्यु भएको थियो ।
आर्थिक अवस्था निकै कमजोर रहेका अधिकारीलाई कोईरालाले नगद सहयोग गरेका हुन । कोईराला सार्वजनिक सेवा सुधार संघर्ष समितिका अभियान्ता तथा सामाजिक अभियानमा अग्रणी भूमिका निर्वाह गर्ने युवा हुन ।












प्रतिक्रिया दिनुहोस्