हेटौंडा । पर्यटकीय क्षेत्र जुरेथुममा आज भएको स्वास्थ्य शिविरमा ७० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

राधा माधव समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र र डिभाईन युथ क्लव नेपालको संयुक्त आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नं. १७ हटिया जुरेथुम जगद्गुरुत्तम मन्दिरमा स्वास्थ्य शिविर भएको थियो ।

शनिवार बिहान ८ बजेबाट दिउँसो २ बजेसम्म स्वास्थ्य शिविर संचालन भएको थियो । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा निशुल्क जाँच गरेर निःशुल्क औषधि वितरण गरिएको थियो ।

जगतगुरुका श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी हरिदासद्वारा युवाहरुमा आध्यात्मिक जागरणका साथै वहुआयामिक व्यक्तित्व विकास गर्ने उद्देश्यले यो संस्था स्थापाना भएको हो ।

शिविरमा चिरायु नेश्नल हस्पिटल काठमाडौंका डाक्टर नविन थापा, डाक्टर अभिलाषा राणा, डाक्टर अमित श्रेष्ठ, एभरेष्ट हस्पिटलका डाक्टर प्रज्ञा कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स अस्मिता काफ्ले, फेवा सिटी हस्पिटलका फार्मासिस्ट आस्मा भट्टराईले स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

हेटौंडा उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता तथा राधा माधव समिति नेपालका सदस्य किरण भण्डारीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा डिभाईन युथ क्लव मकवानपुरका अध्यक्ष सरोज न्यौपाने, रमेश पौडेल, विवेक सुवेदी, सागर पन्थी, पुष्पराज भट्टराई, अस्थायी प्रहरी पोष्ट हटियाका मीनबहादुर भट्टराई लगायतकाको सहभागिता रहेको थियो ।

सागर पन्थी
थप जानकारी