हेटौंडा । स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई नेपाल भारत मैत्री संघ मकवानपुरले सम्मान गरेको छ । जनप्रतिनिधिमा निर्वाचित भएका संघका आजिवन सदस्यलाई बधाई, शुभकामाना एवम् सम्मान गरिएको हो ।

कन्सुलेट जनरल अफ इन्डियाका कन्सुल सैलेन्द्र कुमार, नेपाल भारत मैत्री संघ मकवानपुर अध्यक्ष राजकुमार जोशी र बरिष्ठ पत्रकार चन्द्र किशोर झाले संयुक्त रुपमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा संघका आजिवन सदस्यहरू हेटौंडा उपमहानरपालिका वडा नं १ का वडा अध्यक्ष सविन न्यौपाने, हेटौंडा उपमहानरपालिका वडा नं ९ का वडा अध्यक्ष सुकराम के.सी., हेटौंडा उपमहानरपालिका वडा नं १० का वडा अध्यक्ष फुर्बा दोर्जे लामा, हेटौंडा उपमहानरपालिका वडा नं ४ का वडा सदस्य जनरल श्रेष्ठ, हेटौंडा उपमहानरपालिका वडा नं १० का वडा सदस्य ईश्वर प्रसाद मैनालीलाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा नेपाल भारत मैत्री संघ मकवानपुरका निर्वतमान अध्यक्ष प्रविण मैनाली, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, नेपाली काँग्रेसका युवा नेता सुनिल दहाल लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रम नेपाल भारत मैत्री संघ, मकवानपुरका सचिव सरोज अधिकारीले सञ्चालन गरेका थिए ।