हेटौंडा । काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको खुल्ला सदस्यमा मकवानपुका अधिवक्ता प्रविण हुमगाई बिजयी भएका छन् ।
काठमाण्डौ जिल्ला बारको १९ सदस्यीय कार्यसमितिमा विगत ५ बर्षदेखि कानुन कानुन ब्यबसायको क्षेत्रमा क्रियाशिल अधिवक्ता हुमगाई खुल्ला सदस्यमा विजयी भएका हुन् । कानुन र न्यायको क्षेत्रमा सक्रिय रहेका हुमागाई मकवानपुरे पत्रकारिता र सामाजिक क्षेत्रमा क्रियाशिल एवं परिचित अनुहार हुन ।
उनले काठमाडौं जिल्ला अदालत बार एशोसिएशन कार्यसमितिको निर्वाचनमा कार्यसमिति सदस्य (खुल्ला) पदमा अमुल्य मत प्रदान गरि निर्वाचित गराउन प्रत्यक्ष एवं परोक्ष रुपमा साथ, सहयोग र सदभाव राख्ने विद्वान् वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता एवं शुभचिन्तकलाई आभार समेत व्यक्त गरेका छन् ।
त्यस्तै नेपाल डेमोक्रेटिक लयर्स एशोसियन (डिएलए)को तर्फ रामचन्द्र पौडेल समूहको प्यानल नै विजयी भएको छ । शनिबार भएको निर्वाचनमार्फत पौडेलको अध्यक्षतामा प्यानल नै विजयी भएका छन् । उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सह–सचिव अन्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भएका हुन् ।
खुल्ला सदस्यमा क्रमशः भिष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सुर्यमणी राई, सुनिल थापा, सुर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भएका छन् ।
यसैगरी, हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, दिपक कुमार साह सदस्यमा विजयी भए । महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाई चयन भएका थिए ।
काठमाडौं जिल्ला अदालतमा ३९ वटा इजालास रहेका छन् भने २ हजार ८३० कानुन व्यवसायीहरुको आवद्ध रहेको काठमाडौं जिल्ला अदालत बार एशोसिएशन नेपाल बार एशोसिएशनको ९० वटा ईकाईहरु मध्ये सबैभन्दा ठुलो बार इकाई हो ।












प्रतिक्रिया दिनुहोस्