हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले तयारी अवस्थाको १ सय ३१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी नामटार मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–९ मा रहेको सोनाम सिं रुम्बाको घरबाट गाँजा बरामद गरेको हो ।

घरधनी रुम्बालाइ भने प्रहरीले हेटौँडा–१० बाट पक्राउ गरेको जनाएको छ । रुम्बालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।