हेटौंडा । मकवानपुर प्रहरी प्रमुखमा एसपीका रुपमा बामदेव गौतम आउने भएका छन् ।

मकवानपुरका तत्कालिन प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङ्ग एसएसपीमा बढुवा भएपछि मकवानपुर प्रहरी प्रमुख बिहिन रहेको थियो । खाली रहेको अवस्था गृह मन्त्रालयले गौतमलाई प्रहरी प्रमुखको रुपमा मकवानपुर पठाएको हो ।

गौतम यस अघि मकवानपुर प्रहरी प्रवक्ता भएर काम गरिसकेका छन् ।