हेटौंडा । मोरङ जिल्लामा रहेको त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहले हेटौडामा रहेको एक सामुदायिक वनको अवलोकन गरेका छन ।

उक्त समूहले हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको हो । सहभागिहरुलाई स्वागत गर्दै रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, कायाृलय सचिव भीमसेन पौडेल र उपभोक्ता केदार अधिकारीले वनले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए ।

त्रिवेणी सामुदायिक वनका अध्यक्ष उदय पौडेलको नेतृत्वमा आएको भ्रमणदलमा ३० जनाको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी