हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुर कमिटीको २७ औँ जिल्ला सम्मेलन बुधबारबाट हेटौंडामा सुरु भएको छ ।

दुई दिन सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । नेकपा एमाले केन्द्रीय सदस्य सुनिता बरालको प्रमुख आतिथ्य तथा अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरका अध्यक्ष विशाल पौडेलको सभाध्यक्षमा उद्घाटन कार्यक्रम भएको हो ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा एमालेका बिद्यार्थी नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।