हेटौंडा । लामखुट्टेको टोकाईबाट फैलने डेंगु संक्रमण मकवानपुरमा फैलदै गएको छ । गएको श्रावण १ बाट १५ सम्मको तथ्याङ्क अनुसार जिल्लामा २८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मण घिमिरेका अनुसार जिल्लामा सबैभन्दा धेरै संक्रमितहरु हेटौँडाका रहेका छन् । हेटौँडाको वडा नंबर ४ र ५ मा संक्रमण फैलिएको भन्दै सचेत हुन उनले अनुरोध समेत गरेका छन् ।