हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको अध्यक्षमा भुवन मैनाली सर्वसम्मत चयन भएका छन् ।

अनेरास्ववियुको २७ औं जिल्ला अधिवेशनले मैनालीको अध्यक्षतामा ३९ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा अमृत बर्तौला, सचिव पुष्कर तिमल्सिना, सहसचिवमा क्रशमः स्वेच्छा दंगाल, प्रमोद फुँयाल, दिनेश हुमागाइँ र कोषाध्यक्षमा सबिना ढकाल सर्वसम्मत चयन भएको बिद्यार्थी नेता सन्तोष पौडेलले जानकारी दिए ।