हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा प्रयोग गर्न सरकारी कर्मचारीलाई प्रदान गरिएको हुन्छ । उक्त सवारी कार्यालय समय भन्दा बाहेक वा सार्वजनिक बिदाको दिन प्रयोग गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्छ । ति सवारी तोकिएको प्रयोजनमा नभएर व्यक्तिगत प्रयोग,घुम्नु र ताल परै मनोरञ्जन गर्न प्रयोग हुदै आएको देखिएको छ ।

त्यस्तै बिहीबार साँझ दुईवटा सरकारी नम्बर प्लेटका सवारी जसमा एउटा मोटरसाइकल र अर्को स्कुटर दुरुपयोग भएको भेटिएको छ । ति सवारी राष्ट्रका सेवक कर्मचारीबाट मादक पदार्थ सेवन गर्नका लागि प्रयोग गरेको पाइएको छ ।
शुक्रबार बाहेको कार्यालय समय बिहान १० बजेबाट ५ बजेसम्म हो । बिहीबार राती कार्यालय समय सकिएको ३ घण्टापछी करिब ८ बजेको समयमा हेटौंडा–४ स्थित लाङ्घाली होटलमा उक्त सवारी रोकेर सरकारी कर्मचारी मज्जाले मादक पदार्थ सेवन गरिरहेको अवस्थामा स्थानीय युवाहरूको एक समूहले फेला पारेपछि यो घटना सार्वजनिक भएको हो ।

बागमती प्रदेश–३ –००१ ब १८८ नम्बरको निलो रङ्को पल्सर मोटरसाइकल र बागमती प्रदेश–०३– ००१ ब २३१ नम्बरको रातो कालो रङ्को स्कुटर उक्त होटल आगाडी नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको स्थानीय युवा दिपक सञ्जेलले बताए । सञ्जेलले हामीले उक्त सवारी धेरै समय होटल अगाडी रोकिएको देखेपछि बुझ्दा,भित्र होटलमा रक्सी खाइरहेको पायौ, हल्ला खल्ला भएपछि उक्त सवारी चड्ने एकजना सरकारी कर्मचारी मोटरसाइकल छोडेर भागेको र अर्का स्कुटर चालक मादक पदार्थ सेवन गररे भाग्न खोज्दा प्रहरीलाई जिम्मा लगाइएको बताएका छन ।
यस विषयमा मकवानपुरका प्रजिअ राजेन्द्र देव पाण्डेलाई बुझ्दा उक्त कार्य गर्नेलाई कारवाही हुने र अन्य सकारी कर्मचारीले कार्यालय समय र तोकिएको काम बाहेको समयमा गलत प्रयोजनले सरकारी सवारी दुरुपयोग गर्ने कारवाही हुने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै सरकारी निकायलाई केही दिन अघि निर्देशन दिदै तोकिएको भन्दा बाहेकका कर्मचारीलाई सरकारी साधन र इन्धन उपलब्ध नगराउन भनेका थिए । प्रष्ट खबरबाट