हेटौंडा । निर्वाचनको मिति घोषणा भएसंगै मकवानपुरबाट उम्मेद्वार बन्नेहरुको चर्चा सुरु भएको छ । सरकारले आगामी मंसिर ४ गतेलाई प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति तय गरेसंगै यहाँ उम्मेद्वारको चर्चा सुरु भएको हो ।

मकवानपुरको क्षेत्र नंबर १ मा चारजना उम्मेद्वारबिच प्रतिस्पर्धा हुने देखिएको हो । निर्वाचनमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानीयाँ, एमालेको तर्फबाट कृष्णप्रसाद दाहाल, राप्रपा नेपालका तर्फबाट कमल थापा, र राप्रपाका दिपकबहादुर सिंहबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरको क्षेत्र नंबर २ मा एकिकृत समाजबादीका विरोध खतिवडा र एमाओवादीका रामनारायण विडारीले उम्मेदवारी दिने तयारी गरेका छन् ।