हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ हटियामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

राधा माधव समिति नेपाल, जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र र डिभाईन युथ क्लव नेपालको संयुक्त आयोजनामा साउन २१ गते शनिवार स्वास्थ्य शिविर हुने भएको हो ।

प्रस्तावित श्री कृपालु अस्पताल हटिया १७ वडा कार्यालय नजिकै जुरेथुममा स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो । शिविरमा विशेषज्ञ चिकित्सकहरुद्वारा हाडजोर्नी तथा नशा रोग, आन्तरिक चिकित्सा र दन्त रोग सम्बन्धी परीक्षण गरिने छ । निशुल्क जाँच गरिनुका साथै निःशुल्क औषधि वितरण गरिने क्लवले जनाएको छ ।

शनिवार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म स्वास्थ्य शिविर संचालन हुने निरोज निरौंलाले जानकारी दिए । स्वास्थ्य शिविरमा सहभागि भएर लाभ लिन स्थानीयवासीलाई उनले आग्रह समेत गरेका छन् । मासिक रुपमा स्वास्थ्य शिविर गरिर्दै आएको छ ।