हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध खैरोहेरोईनसहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार दिउँसो हेटौंडा–११ राप्ती चोक स्थित सडकमा बागमती प्रदेश ०३–००५ प २८३३ नंबरको मोटरसाईकल रोकी सोही मोटरसाईकलमा शंकास्पद रुपमा बसिरहेका एकजनालाई चेकजाँच गर्ने क्रममा ३८० मिलि ग्राम खैरोहिरोईनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौंडा–१ का २५ वर्षीय सन्तोष पाण्डे रहेका छन् । पाण्डे माथि थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्