हेटौंडा । कोरोना भाइरस संक्रमणको कारण मकवानपुरका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नंबर १ का ६० वर्षीय पुरुष रहेका छन् । उनको भरतपुर अस्पतालको कोभिड आइसियू कक्षमा उपचारको क्रममा बुधबार मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई गएको १६ साउनमा हेटौंडा अस्पतालमा कोभिड परीक्षणमा कोरोना पुष्टि भएको थियो ।












प्रतिक्रिया दिनुहोस्