हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सवारी चालक अनुमतीपत्रको लागि बायोमेट्रिक्सको लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४ः३० बजेदेखी अनलाईन फाराम भर्ने समेतको ब्यबस्था मिलाइएको बताएका छन । उनको अनुसार मन्त्रालयले सुचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

सेवाग्राहीको चाप बढेपछी मन्त्रालयले असार २८ गते तोकिएको कोटामा १२१५ जना थप गरी आजबाट लागू हुने गरी ३६७५ पु¥याएको मन्त्री दाहालले जानकारी दिए । उनको अनुसार विचौलियाहरुले थप कोटामा मनपरी गर्न नसकुन् भनेर शुक्रबार ४ः३० बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट ब्यबस्था मिलाइएको छ । यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्र्न नसकेका १८२२५ जनाले १५ दिनभित्रै पालो पाउने गरी भोली नै आवेदन दिन सक्ने ब्यबस्था मिलाइएको मन्त्री दाहालको भनाई रहेको छ ।

मन्त्रालयको सचिव यमलाल भुषालले सबभन्दा बढी आवेदन जगाती स्थित कार्यालयबाट दिन सकिने र सब भन्दा कम आवेदन एकान्तकुनास्थित कार्यालयबाट दिन सकिने बताए । एकान्तकुनामा सवारी चालक अनुमतीपत्र नविकरणको प्रक्रियामा आएका गुनासोहरु फस्र्यौट गर्नुपर्ने, पुरानो अभिलेख रुजु गर्नेको संख्या अत्यधिक हुने भएकोले तत्कालको लागि न्युनतम कोटा तोकिएको उनले जनाए ।

बागमती प्रदेश सरकारले यातायात सेवा कार्यालयको सुधार सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सचिब भुषालले बताए । यस अघि नै मन्त्रालय मातहतको कार्यालयबाट सम्पादन भइरहेको सवारी चालक अनुमती सम्बन्धी बर्ग थप र नयाँ आवेदनको लागि सेवाग्राहीहरुको अत्यधिक चापलाई व्यवस्थापन गर्न प्रदेश सरकारबाट अतिरिक्त समयमा कार्यालय सञ्चालनको शुरुवात भइसकेको उहाँको भनाई छ । सेवाग्राहीहरुले https://applydl.dotm.gov.np/ मा गएर तोकिए बमोजिमको विवरण प्रविष्ट गरी चाहे बमोजिमको मितिको लागि आवदेन दिन सक्ने र अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिको लागि आवदेन दिन सक्ने व्यहोरा सुचनामा खुलाइएको सचिब भुषालले बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र श्रम, रोजगार तथा यातायात मन्त्री दाहालको निर्देशनको आधारमा सुधारकार्य अगाडि बढिरहेको र अनुगमन भइरहेको सचिब भुषालले जानकारी दिए । उनका अनुसार, बागमती प्रदेश सरकारले २०८३ सालसम्मको पालो कुरेर बसेका सबै सेवाग्राहीले जेठको दोस्रो हप्ताभित्रै सेवा प्राप्त गरिसकेका छन् । बागमती प्रदेश मातहतको यातयात सम्बन्धी सबै सेवा प्रवाहको तथ्यांकलाई दैनिक रुपमा वेवसाइटमै राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

अञ्जली थापा
थप जानकारी