हेटौंडा । निजी रेडियो सञ्चालकहरुको संस्था ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) को अठारौं महाधिवेशनबाट मकवानपुरका रेडियो सञ्चालक उज्ज्वल चौलागाई राष्ट्रिय समितिको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । यसअघि उपाध्यक्ष रहेका चौलागाई सर्वसम्मत वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए ।
आइतबार सम्पन्न महाधिवेशनले कुमार भट्टराईलाई अध्यक्षतामा २९ सदस्यीय राष्ट्रिय समिति चयन गरेको छ । यसअघि भट्टराई वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष थिए । यस्तै महाधिवेशनबाट मकवानपुरका रेडियो सञ्चालक गंगा पौडेल बागमती प्रदेश संयोजक चयन भएका छन् ।












प्रतिक्रिया दिनुहोस्