हेटौंडा । नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र खारेज भएको छ । यो दूरसञ्चार कम्पनी मकवानपुर हेटौंडा स्थायी घर भएका चर्चित व्यवसायी अजेयराज सुमार्गी स्वामित्वको हो । यो कम्पनीले ‘हेलो नेपाल’ ब्राण्डमा मोबाइल सेवा दिइरहेको छ ।
बक्यौतावापतको नवीकरण दस्तुर तिर्न नसकेपछि कम्पनीको अनुमतिपत्र खारेज भएको हो । कम्पनीले नेपाल दूरसञ्चार प्राधिरकणलाई करीब ७९ करोड ९२ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी थियो ।
भदौ १ गतेसम्म पहिलो किस्तावापत करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले सयमसीमा दिएको थियो । तर, उसले कुनै पनि बक्र्याता तिरेन ।
हेलो नेपालले अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को बक्यौता रकम करिब ३२ करोड रुपैयाँ तिर्न आनाकानी गरिरहेको थियो । बक्यौतामा समस्या भएपछि प्राधिकरणले गत मंसिरमा अनुमति पत्र खारेज गरेको थियो । तर उसको निर्णय चित्त नबुझेपछि हेलो नेपालले सरकार गुहारेको थियो ।
कम्पनीले २०६४ फागुनमा प्राधिकरणबाट जीएसएम ९००÷१८०० मेगाहर्ज स्पेक्ट्रम प्रयोग गर्न अनुमति पाएको थियो ।












प्रतिक्रिया दिनुहोस्