हेटौंडा । बिद्यालय कर्मचारीको आन्दोलनप्रति प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङगठन बागमती प्रदेश समितिले एक्यवद्धता जनाएको छ ।
विज्ञप्ती जारी गर्दै शिक्षा ऐन बमोजिमको सेवा सुविधा र हक अधिकारका लागि सामुदायिक विद्यालयमा कार्यरत बिद्यालय कर्मचारीहरुले भदौ १ गते बुधबारदेखि गरिएको आन्दोलनमा एक्यवद्धता जनाएको हो ।
नेपाल सरकार र आन्दोलनकारी बीचमा भएको सम्झौता कार्यान्वयन नहुनु, उच्चस्तरीय आयोगको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा लागू नगरेको भन्दै आन्दोलन गरेको उल्लेख छ । नेपाल बिद्यालय कर्मचारी परिषद्को आव्हानमा बुधबारदेखि विभिन्न मागहरु राखी विद्यालय कर्मचारीहरु शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरमा अनिश्चितकालिन धर्ना, तालाबन्दी गरेर आन्दोलन गरिरहेका छन् ।
प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक सङगठन बागमती प्रदेश समितिले उक्त आन्दोलनात्मक कार्यक्रमको पूर्ण समर्थन गर्दै कर्मचारीहरुको मागप्रति एक्यवद्धता जनाएको उल्लेख गरेको छ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङगठन बागमती प्रदेश समितिका अध्यक्ष जीवन तिमल्सिनाले विज्ञप्ति जारी गर्दै कर्मचारीहरुको माग पुरा गरी आ–आफ्नो काममा फर्कने वातावरण सृजना गर्न नेपाल सरकार तथा सम्बन्धित मन्त्रालयलाई आग्रह गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्