हेटौंडा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक बर्ष २०७९/०८० का लागि ८ करोड ४२ लाख ५० हजार रुपियाँ बजेट छुट्याएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले बार्षिक कार्यक्रम अन्र्तगत स्वीकृत भएको बजेट उपशिर्षक नं.३१२०२०१५ अन्र्तगत बजेट बिनियोजन गरेको हो ।

केन्द्रका अनुसार पुँजीगत तर्फ ७९ लाख ५० हजार र चालु तर्फ ७ करोड ६३ लाख बजेट बिनियोजन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले जानकारी दिए ।

केन्द्रले पुँजीगत तर्फ मकवानपुर कुखुरा व्यवसायी संघको समन्वयमा महेन्द्रराजमार्ग अन्र्तगतको ठाउँमा पशुपन्छि ढुवानी साधनको निसंक्रमण स्थल निर्माणका लागि ५० लाख बजेट बिनियोजन गरेको छ । प्रोटेवल हुफ ट्रिमिङ मेशिन खरिदका लागि ३ लाख ७५ हजार, प्रोटेवल काउ लिफ्टिङ्ग मेशिन खरिदका लागि ३ लाख ७५ हजार बजेट बिनियोजन गरेको छ ।

त्यस्तै केन्द्रले चालु तर्फ बिभिन्न १७ वटा कार्यक्रमहरु सार्वजनिक गरेको छ । केन्द्रले दिएको जानकारी अनुसार राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारका लागि १ लाख रुपियाँ, मत्स्यपालन क्षेत्र विस्तार तथा उत्पादकत्व बृद्धि कार्यक्रमका लागि ५ हेक्टरका लागि ३५ लाख रुपियाँ, खरि बाख्रा विकास कार्यक्रमका लागि ५० लाख, कुकुरहरुको बन्ध्याकरण शिविरका लागि ६ लाख, बाझोपन पशु स्वास्थ्य शिविरका लागि ४ लाख रुपियाँ बिनियोज गरिएको छ ।

त्यस्तै एक पकेट खोरेत रोग मुक्त अभियानका लागि १० लाख रुपियाँ, ५५ हेक्टरमा पशु आहार आत्मनिर्भर कार्यक्रमका लागि ४० लाख, दुग्ध उत्पादन बृद्धि कार्यक्रमका लागि ७५ लाख, पशुपालनमा असल अभ्यास प्रवद्र्धन कार्यक्रमका लागि ४५ लाख, पशुजन्य पदार्थ उपभोग प्रवद्र्धन कार्यक्रमका लागि १० लाख, बाझोपना पशु स्वास्थ्य शिविरका लागि ४ लाख, उत्पादन प्रविधि एवं यन्त्र सहयोग कार्यक्रमका लागि ५० लाख र पशुपंक्षी तथा मत्स्य विकासका लागि बिउ पुँजी कोष परिचालनका लागि १ करोड ५० लाख रुपियाँ बिनियोजन गरिएको छ ।

त्यस्तै कृषक स्तर तालिम (माछा, भाई, बाख्रा, बंगुर र कुखुरा) का लागि ५ लाख, स्थानीय शाखा प्रमुखसंग समन्वयात्मक अन्तरक्रिया÷गोष्ठीका लागि ३५ लाख, जुनोटिक रोग सम्बन्धी स्कुल शिक्षा कार्यक्रमका लागि १ लाख २५ हजार बजेट छुट्याईएको छ ।