हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसको शनिबार १६ औं क्याम्पस सभा भएको छ ।
सभामा सहभागिहरुले यस क्याम्पसलाई अरु जिल्लाको जस्तै उत्कृष्ट बिद्यार्थी उत्पादन गर्ने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएका छन् ।
क्याम्पसका जेष्ठ सदस्य नवराज अर्यालको अध्यक्षतामा बसेको सभामा क्याम्पस संचालक अध्यक्ष अनन्त प्रसाद पौडेलले क्याम्पसको पृष्ठभूमि र अहिलेको अवस्थाबारे जानकारी दिएका थिए । उनले क्याम्पसको शैक्षिक अवस्था, भौतिक अवस्था, आर्थिक तथा प्रशासनिक अवस्था लगायतका विषयवस्तु समेटिएको प्रगति प्रतिवेन प्रस्तुत गरेका थिए ।
उनले क्याम्पसका सवल र दुर्वल पक्षहरु समेत पेश गरेका थिए । क्याम्पसलाई थप सुधारका लागि शैक्षिक कार्य योजनाहरु, दीर्घकालीन कार्ययोजना, प्रशासनिक सुधार कार्य योजनाहरु, छात्रवृति कोष, मानव संसाधनको विकासका विषयको प्रतिवेदन पेश गरेका थिए ।
सभामा कोषाध्यक्ष हिरालाल श्रेष्ठले क्याम्पसका आर्थिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कोरोनाका कारण पठन पाठन र भर्ना संस्थाका केहि समस्या उत्पन्न भएता पनि क्रमिक रुपमा सहज हुदैं गएको बताए । यसैगरी क्याम्पस लेखा समितिका अध्यक्ष हरि हुमागाईले क्याम्पसमा अहिले देखिएको समस्या र सुधार गर्नुपर्ने विषयमा जोड दिएका थिए ।
सभामा विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो भने क्याम्पस प्राध्यापक लोकराज शर्मा र श्याम प्रसाद छत्कुलीलाई पिएचडी गरिएकाले सम्मान समेत गरिएको थियो । सभामा क्याम्पसका पुर्व अध्यक्षहरु डोरमणि पौडेल, माइकल रामचन्द्र अर्याल, बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी, नेपाली काग्रेसका नेता तथा संचालक समितिका सदस्य अशोक शाक्य, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, बिभिन्न पार्टीका नेतृत्वहरु, क्याम्पस सञ्चालक समितिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।
क्याम्पसको बजेट २४ करोड ११ लाख
मकवानपुर बहुमुखी क्याम्पसले चालु आर्थिक वर्ष २०७९÷०८० का लागि २४ करोड ११ लाख ९० हजार १७० रुपैयाँको आयव्यव अनुमान गरेको छ ।
क्याम्पसको शनिबार सम्पन्न १६ औं सभमा कोषाध्यक्ष हिरालाल श्रेष्ठले संस्थाको अनुमानित आयव्यय प्रस्तुत गरेका हुन् । गतआवमा क्यामपसले २० करोड ४० लाख ४८ हजार ६७९ को आयव्यव गरेको कोषाध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिए । उनले कोरोनाका कारण पठन पाठन र भर्ना संस्थाका केहि समस्या उत्पन्न भएता पनि क्रमिक रुपमा सहजहुँदै गएको छ ।












प्रतिक्रिया दिनुहोस्