हेटौंडा । हेटौंडा–४ मा रहेको भूटनदेवी माध्यामिक बिद्यालय (प्राविधिक शिक्षालय) मा नयाँ बिद्यार्थीहरुलाई स्वागत गरिएको छ । कक्षा १२ का बिद्यार्थीहरुले कक्षा ११ का नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।
साँस्कृतिक कार्यक्रम सहित कक्षा ११ मा अध्ययन गर्न आउने नव आगन्तुक १४८ जना बिद्यार्थीलाई स्वागत गरिएको बालकृष्ण दाहालले जानकारी दिए । कार्यक्रममा बिद्यालयको शैक्षिक अवस्था बारे जानकारी दिइएको थियो ।
भूटनदेवी माविका प्रधानाध्यापक माधव प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा रोज पाख्रिनको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बिद्यालयका सहायक प्रअ भरत पोख्रेल, कक्षा ११/१२ कार्यक्रम संयोजक राम श्रेष्ठ, प्राविधिक शिक्षा संयोजक मनिष महर्जन लगायतकाको सहभागिता रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्