हेटौंडा । मन्दिरको दानपेटी फुटाएर चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकजना नाबालिकलाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नंबर ६ गौरिटारमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा रहेको दान पेटी फुटाएर चोरी गरेको आरोपमा प्रहरीले ३ हजार ५ सय १० रुपैँया सहित १६ वर्षका नाबालिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।