हेटौंडा । मकवानपुरको हेटौंडामा एक किशोरीको शव फेला परेको छ ।

रौतहट जिल्ला घर भई हेटौंडा–१४ नयाँबस्ती बस्दै आएकी २२ वर्षीया मनिषा महत्तोको शव फेला परेको प्रहरीले जनाएको छ । मनिषा ४ वर्षदेखि काका राम गोरख महत्तोको घरमा बस्दै आएकी थिइन् ।

मनिषाको शव शनिबार काकाको घरबाट एक सय मिटर पश्चिमतर्फ फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।