हेटौंडा । नेपाल स्वास्थ्यकर्मी संघ हेटौंडा नगरको अध्यक्षमा प्रकाश वर्तौला चयन भएका छन् ।

संघको उपाध्यक्षमा विष्णु थापा, मञ्जु गौतम, मीनाकुमारी, सचिवमा प्रतिमा घलान, कोषाध्यक्षमा अन्जिता रिमाल, सहसचिवमा प्रतिष्ठा कार्की, आशिष वास्तोला र संघर्ष गुरुङ चयन भएका छन् ।

यस्तै सदस्यमा रामानन्द चौधरी, चन्द्रशेखर ठाकुर, कृष्ण ढकाल, राजु श्रेष्ठ, कल्पना राय र उमेश अधिकारी चयन भएका छन् । स्वास्थ्यकर्मी संघ मकवानपुर अध्यक्ष भीमसागर गुरागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, कांग्रेस नेता आनन्दराम पराजुली, उपमहानगर सभापति उत्सव इटेनी, संघीय सभापति दामादेर खनाल, स्वास्थ्यकर्मी संघका निवर्तमान अध्यक्ष रामआदार पाण्डे लगायतको सहभागिता रहेको थियो ।