हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हेटौंडा बजारभित्र १६–१६ मिटर सडक विस्तार गरिने बताएका छन् । चौकीटोल, राप्तीबगर हुदैं चुरियामाई निकाल्ने वाइपास सडक निर्माण गरिने र बजार क्षेत्रको सडक दायाँबायाँ १६ मिटर चौडा गरिने बताए ।

मुख्यमन्त्री कार्यालयमा पत्रकार सँग कुरागर्दै उनले केही समय अघि प्रधानमन्त्री शेर बहादुर देउवाले हेटौंडाको सडक फराकिलो पार्ने कुरा राम्रो हो । फराकिलो पार्दा झन हरियाली र सुन्दर शहर बनाउन सकिने बताएता पनि नेतृ महालक्ष्मी उपाध्याय डिना र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष सहित म आफु पनि उपस्थिती जनाई प्रधानमन्त्रीलाई कन्भिस गरेपछि उहाँ पनि सकरात्मक रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

हामीले बजारभित्रको सडकलाई राष्ट्रिय राजमार्गबाट हटाउने र वाइपास सडकलाई रागर्माग बनाउन प्रधानमन्त्रीले मान्नुभएको बताए । तत्कालीन सरकारका प्रवक्ता एंव सुचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले निर्णय सार्वजानिक गर्दा चितवनले कार्यान्वयन गरेको तर हेटौंडाले कार्यान्वयन गर्न नसकेकाले यस्तो सिर्जना निर्माण भएको बताए । हेडम्बा बाट