हेटौंडा । हेटौंडा उपमहानगरपालिकास्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा स्थानीय तीन बालक बेपत्ता भएका छन् ।

शुक्रबार साँझ करिब ५ बजेको समयमा ७ नम्बर वडास्थित कर्रा खोलामा ८ नम्बर वडाबाट बालकहरू पौडी खेल्न आएको खुलेको छ ।

पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएको र खोजी कार्य जारी रहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । बागमती प्रदेश प्रहरी कार्यालयबाट उद्दार टोली खटिएको जनाइएको छ ।

प्रहरीका अनुसार खोलामा पौडी खेल्न आएका अर्का बालकले घटनाबारे जानकारी गराएका थिए । कर्रा खोलामा पानी धमिलो भएका कारण पनि खोजी कार्यमा असहज भइरहेको प्रहरीले जनाएको छ ।
शिलापत्रबाट