हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो ३१ औं स्थापना दिवस मनाएको छ । संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष श्याम प्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार साधुराम चौलागाई, बासुदेव सापकोटा, पूर्व अध्यक्ष केशव प्रसाद सञ्जेल, उपाध्यक्ष केशव धिताल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी, शेयर सदस्यहरु,कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी