हेटौंडा । मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि मकवानपुर जिल्लामा ३ हजार २ सय सुरक्षार्की परिचालन गरिने भएको छ । चुनावका लागि जनपथ प्रहरी, म्यादी, ससस्त्र प्रहरी र नेपाली सेनालाई प्रत्यक मतदान केन्द्रमा खटाउने तयारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए ।
मकवानपुरका एक सय ६७ वटा मतदान स्थललाई केन्द्रीत गरेर सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । चुनावका लागि पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा ससस्त्र प्रहरी र मतदान स्थलवरपर गरेर तेस्रो घेरामा नेपाली सेना खटाइने छ ।
सबै भन्दा धेरै म्यादी प्रहरी एक हजार ६ सय ९९ जना, जनपथ प्रहरी एक हजार ६९ जना, ससस्त्र प्रहरी ४ सय जना, जना र अरु नेपाली सेना खटाउने तयारी गरिएको बुझिएको छ ।












प्रतिक्रिया दिनुहोस्