हेटौंडा । मकवानपुरको हेटौंडामा सालनाल सहितको शिशुको शव फेला परेको छ । हेटौंडा–१० राप्तीखोलाको छेउमा हेटौंडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा सालनाल सहितको शव भेटिएको हो ।
डम्पिङ् साइडमा उपमहानगरपालिको ना ४ त २६९८ नम्बरको फोहर बोक्ने ट्याक्टरले महानगरको बिभिन्न स्थानहरुबाट ल्याएको फोहोरलाई जलाउने र नजलाउने फोहोर व्यवस्थापनका क्रममा उक्त शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जानकारी दिए ।
बोरा भित्र प्याक गरिएको अवस्थामा अन्दाजी ८/९ महिनाको सालनाल सहितको शिशु (बालिका) शव फेला परेको र खबर प्राप्त हुनासाथा घटनास्थलमा प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको टोली पुगिसकेको जनाइएको छ । घटनास्थलको मुचुल्का गर्ने काम सकेर शवलाई हेटौंडा अस्पताल ल्याइएको र आवश्यक अनुसन्धान सुरु गरिसकेको डिएसपी कार्कीले बताए ।
प्रष्ट खबरबाट












प्रतिक्रिया दिनुहोस्