हेटौंडा । जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मक्रान्चुलीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।

सहकारीको २५ औं रजत वर्षको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्त संचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान गरिएको संस्थाका अध्यक्ष कल्पना श्रेष्ठले बताइन् ।