हेटौंडा । हेटौंडा ४ हुप्रचौरमा निरज श्रेष्ठको स्मृतिमा भइरहेको जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको शुक्रवारको पहिलो खेलमा आधुनिक राष्ट्रिय माविले बिजयी सुरुवात गरेको छ । आधुनिक राष्ट्रिय माविले सिद्धार्थ शिशु सदनविरुद्ध ९ विकेटले बिजयी हात पारेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको सिद्धार्थ शिशु सदनले १० ओभर ५ बलमा अल आउट हुँदै जम्मा ६१ रन मात्र बनाउन सफल भयो । खराब प्रदर्शनमा रहेको सिद्धार्थ शिशु सदनको लागि निखिल गुप्ताले १२ रन, अनिस महतोले १३ रन, अभिलेख कठायतले १६ रन जोडेका थिए भने अन्य ब्याट्सम्यान भने खासै चल्न सकेन । त्यस्तै सिद्धार्थ शिशु सदन विरुद्ध आधुनिक राष्ट्रिय माविका बलर प्रिन्स यादवले ४ विकेट, रोहित ठाकुरले ३ विकेट लिएका थिए ।

त्यस्तै लक्ष्य पछाउँदै गरेको आधुनिक राष्ट्रिय माविले १ विकेट घुमाउँदै ३ ओभर ३ बलमा ६२ रनको लक्ष्य पुरा गरेको हो । जसका लागि आधुनिकका ब्याट्सम्यान आयुष सिंहले २४ रन र रोहित ठाकुरले पनि २४ रन बनाएका थिए । त्यस्तै खेलको म्यान अफ द म्याच उत्कृष्ट अल राउण्ड प्रदर्शन गरेको रोहित ठाकुर घोषित भएका छन् ।

त्यस्तै दोश्रो खेलमा सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ विजयी भएको छ । सोलिड्यारिटीले ज्ञानोदय बालबाटिका एकेडेमीलाई ७१ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको सोलिड्यारिटीले १२ ओभरमा अल आउट हुँदै ११३ रन जोड्न सफल भयो । सोलिड्यारिटीको लागि अनिश यादवले ३२ रन, रुपेश यादव १६ रन र सुरज यादवले १७ रन बाहेक अरु खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् । ज्ञानोदयको तर्फबाट इशान्त मिश्रले ४ विकेट, आलोक शाह र रोहिन खड्गीले समान २ विकेट लिए ।

११४ रनको लक्ष्य पाएको ज्ञानोदयले ११ दशमलव ४ ओभरमा पूरै विकेटको क्षेतिमा ४२ रनमा मात्र सिमित रह्यो । ज्ञानोदयलाई सस्तैमा समेट्नको लागि सोलिड्यारिटीको तर्फबाट पंकज पटेलले ३ विकेट लिन सफल भए ।