हेटौंडा । ड्राइभिङ स्कुल संघ मकवानपुरको अध्यक्षमा सरस्वतीदेवि रानाभाट चयन भएकी छन् ।

आज एक कार्यक्रमका संघ शाखा स्थापना गर्दै रानाभटको अध्यक्षतामा १० सदस्सीय कार्यसमिति निर्माण भएको हो ।

संघको जिल्ला उपाध्यक्षमा उत्तमकुमार लामिछाने, सचिवमा रमेशकुमार कोईराला, सहसचिवमा रामकुमार पौडेल र कोषाध्यक्षमा राधेश्याम केसि चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा सागर थापा, सागर गुरुङ, राजकुमार तामाङ, शंकर क्षेत्री र छेगु लामा चयन भएका छन् ।

संघको केन्द्रीय अध्यक्ष रामचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकी, उपाध्यक्ष डम्बरबहादुर थापा लगाएतको आतिथ्यता रहेको थियो ।