हेटौंडा । मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । हेटौंडा २ स्थित सिद्धार्थ माविमा अहिले मतगणना सुरु भएको हो ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभाको मतगणना सुरु भएको हो । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ झुरझुरेको मतदान केन्द्र १ को ख को मत पेटिकाको शिल खोलेर मत गणना सुरु गरिएको छ ।
बिहान ८ः३० बजे सर्वदलिय बैठक बसेर मतगणना गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना एकैपटक गरिनेछ ।
जिल्लामा प्रारम्भिक तथ्यांक अनुसार करिब ५९ प्रतिशत मत खसेको छ । मकवानपुर जिल्लाबाट ३ लाख ७ सय ३३ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्