हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नं. २, प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेद्वार महेश कुमार बतौंलाको अग्रता कायमै रहेको छ ।
२३ हजार ३३२ मत गणना गर्दा बतौंलाले ९ हजार २५४ मत प्राप्त गर्दै अग्रता कायमै गरेका हुन् । उनले नेकपा एकीकृत समाजवादीका उम्मेद्वार बिरोध खतिवडा भन्दा ७२८ मतले अग्रता लिएका छन् । खतिवडाले ८ हजार ५२६ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ३ हजार ३३५ मत प्राप्त गरेका छन । यहाँ १ हजार १ सय १२ मत बदर भएको छ । यस क्षेत्रमा १० जनाले उम्मेद्वारी दिएका थिए । अन्य उम्मेदवारले पाँच सय मत कटाउन सकेका छैनन् ।












प्रतिक्रिया दिनुहोस्