हेटौंडा । प्रदेश निर्वाचन क्षेत्र नं. २ (क) मा नेकपा एमालेका उम्मेदवार बिष्णु ढकालले अग्रता कायमै गरेका छन् । ढकालले गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानलाई ३७६ मतले पछि पारेका छन् ।

हालसम्म २१ हजार ४८८ मत गणना गर्दा एमालेका ढकालले ९ हजार ५७९ मत प्राप्त गर्दा मोक्तानले ९ हजार २०३ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाका रामबहादुर घलेले १४ सय ३३ मत प्राप्त गरेका छन् । यहाँ हाल सम्म ७३९ मत बदर भएको छ ।