हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ (ख) प्रदेश सभा सदस्यमा एमालेका एकालाल श्रेष्ठले अग्रता लिएका छन् ।

३९ हजार ४३४ मत गणना गर्दा श्रेष्ठले १२ हजार ३५१ मत पाएका छन् । उनले नेपाली काँग्रेसका आनन्दराम पराजुलीले भन्दा ७०७ मतले अग्रता कायम गरेका हुन् । काँग्रेसका पराजुलीले ११ हजार ६४४ मत पाएका छन् ।
त्यस्तै राप्रपाका गुञ्जबहादुर न्यौपानेले १० हजार ९६८ मत पाएका छन् । यस क्षेत्रमा १३ सय ५७ मत बदर भएको छ ।