हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका प्रदेश सभापतिसमेत रहेका बानियाँ १८ हजार ७१६ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ९३४ मत मात्रै पाए ।
बानियाँले थापालाई १ हजार ७८२ मत अग्रताका साथ जित हात पारेका हुन् । सो क्षेत्रका अन्य उम्मेदवारहरुको मत विवरण आउन बाँकी रहेको छ । कूल ४० हजार ५९९ मत खसेको थियो ।
बानियाँ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट १९ हजार २४५ मतका साथ निर्वाचित भएका थिए ।
विजयी घोषणा भईसकेपछि बानियाँले मकवानपुरका संचारकर्मीलाई प्रतिक्रिया दिर्दै आफु भावी मुख्य मन्त्रीको दावेदार समेत रहेको बताए । तेश्रो पटक विजय हात पार्नुमा मकवानपुरे जनताले आफ्नो आवश्यकता महसुस गरेको उनले बताए ।












प्रतिक्रिया दिनुहोस्