हेटौंडा । प्राकृतिक रुपमा रहेको टुकुचा खोला मिच्नेलाई काठमाडौंका मेयर बालेन्द्र शाहले कार्वाही गरिरहँदा हेटौंडाकी मेयर मिना लामा सहितको टीम राप्ती तटको जग्गा मिचेर व्यापार गर्न उद्दत देखिएका छन् ।
हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको हुप्रचौरमा व्यवासयीक भवन, भूटनदेवी माविको चौरमा अवैध संरचना, हेटौंडाको बसपार्क क्षेत्रमा सटरको व्यापार र राप्ती खोलाको किनार मिचेर अवैध रुपमा तरकारी बजार संचालन गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाले निर्माण गरेको तरकारी बजारको क्षेत्र
कमिसन खुवाउने धन, अड्डा, अदालत तथा राजनीतिक दलमा पहुँच भएकाले हेटौंडाका सार्वजनिक जग्गा तथा खोलानाला मास्न उद्दत भएका हुन् । उपमहानगरपालिकाले हुप्रचौर, बिद्यालय चौर, बसपार्क हुँदै राप्ती खोलाको किनार समेत मिचेर व्यापार थालेको छ अहिले हेटौंडामा ।
कमिशनको खेलमा प्रयोगमा नल्याई निर्माण गरिएको भवन भत्काएर व्यवासयीक भवन बनाउने, भूटनदेवी माविको खुल्ला चौरमा सटरको व्यापार, हेटौंडाको बसपार्कमा करोडौंको खेलमा सटर बनाएर भाडामा लगाउने हुँदा हुँदै प्राकृतिक रुपमा खोलाको जग्गा हटपेर तरकारी बजार संचालनमा ल्याउने काम भएको हो ।

खोला मिचेपछि बाँकी रहेको बाहब क्षेत्र
हेटौंडा–१० बसपार्कको तरकारी बजार अहिले हेटौंडा उपमहानगरपालिका वडा नं.१ स्थित राप्ती खोला मिचेर स्थान्तरण गरिएको हो । राप्ती खोला मिचेर ३ बिघा क्षेत्रमा करिब ३ करोड ५० लाख रुपैयाँमा तरकारी थोक बजार निर्माण भएको छ ।
शक्ति र सत्ताको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्ति र जग्गामा उपमहानगरपालिकाले नै गिद्दे दृष्टि लगाएको अहिलेको कामले प्रमाणित हुन्छ । काठमाडौंमा मिचिएको सार्वजनिक जग्गाहरु खाजिभईरहदा हेटौंडामा सार्वजनिक जग्गा हड्प्ने र आम नगरवासीले तिरेको करको दुरुपयोग गर्दै खोला किनारामा व्यापार गर्ने टहरा बनाउने काममा यहाँको स्थानीय सरकार उद्दत देखिएको छ अहिले ।
२ सय ८४ मिटरमा बहाब क्षेत्र रहेको राप्ती तटमा अहिले ६५ मिटर मात्रै खोला बाँकी राखि एक सय १० मिटर जग्गा उपमहानगरपालिकाले अतिक्रमण गरेर व्यापार सुरु गरेको हो । बाइपासका नाममा खोलाको किनारमा ड्याम बाधनुको पछाडिको कारण नै छुट्टिएको खोलाको जमिनमा व्यापार गराइ भोट बैक बिस्तार तथा कार्यकर्ता पोषण रहेको प्रष्ट हुन्छ । मकवानपुरका ठुला दलहरूकै मिलेमत्तोमा बाइपासको नाममा राप्ती तटमा तटबन्ध गराउने र उक्त जमिनमा व्यापार गराउने उद्देश्य देखिन्छ ।












प्रतिक्रिया दिनुहोस्