हेटौंडा । हेटौंडा अस्पतालमा सिटि स्क्यान सेवाको सुरुवात भएको छ । अस्पतालले आजबाट औपचारिक रुपमा सिटि स्क्यान सेवाको शुभारम्भ गरेको हो ।

बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले खरिद गरेको सिटि स्क्यान मेसिनबाट सेवा सुरुवात गरेको हो । सेवा सुरु भएको पहिलो दिन ८ जनाले सेवा लिएको हेटौंडा अस्पताल ब्यवस्थापन समिति सदस्य उत्सव चौँलागाईले जानकारी दिए । सामान्य एक्स रे बाट देखा नपरेको समस्यालाई सिटि स्क्यानमार्फत पहिचान गर्न सहज हुने हुँदा यहाँका बिरामिलाई अन्य रिफर गर्न नपर्ने उनले बताए ।

सिटि स्क्यान मार्फत दैनिक २० देखि ३० जनाले सेवा लिन सक्ने छन् । यो सेवा अस्पतालले २० औं घण्टा प्रदान गर्ने बताइएको छ ।