हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. २ मानसचोकमा चक्कु प्रहार भएको छ । चक्कु प्रहार गरेर दुईजना युवा फरार भएका छन् ।
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको गेटैमा सामान्य भनाभनपछि हातपात भएको थियो । भनाभनपछि हेटौंडा ५ सिँचाई टोल बस्ने अन्दाजी ३५ बर्षको दानिल न्यौपानेलाई चक्कु प्रहार गरेर हेमन्त थापा मगर र असिम बर्तौला फरार भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।
घाइते न्यौपानेको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जनाएको छ । न्यौपानेको कन्चट, कोखालगायको भागबाट रगत बगेको देखेको प्रत्यक्षदर्शीले बताए । घाइते न्यौपानेको सहकारी अस्पतालमा उपचार भइरहेको छ ।












प्रतिक्रिया दिनुहोस्