हेटौंडा । ग्रामिण फिडर अन्तर्गत पर्ने हेटौंडा–१८ हुदै बकैया र बागमती गाउँपालिकाको राईगाउ सम्म बुधबारबाट ५ दिन बिहान ९ बजेदेखि ३ बजेसम्म बत्ती काटिने भएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले मंगलबार एक विज्ञप्ति जारी गर्दै गर्दै उक्त फिडर अन्तर्गत शिवम् शिमेन्ट उद्योग देखी बकैयाको छतिवन सम्म धरान चतरा सडकखण्ड अन्तर्गत ११ के भि लाइनको सुधार कार्य गर्नुपर्ने भएकोले फिडर अन्तर्गत पर्ने हेटौंडा, बकैया र बागमती गाउँपालिकाको विभिन्न स्थानमा ५ दिन विद्युत कतौटी हुने जनाएको छ ।