हेटौंडा । चिनको युनान प्रदेशले भगिनी सम्बन्ध स्थापित गर्न निर्माण गरेको मैत्री पार्क हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–८ मा निर्माण गरेको मैत्री पार्क युनान कर्मरशिलय रिप्रीजेन्टिभ कार्यालयका नेपाल प्रमुख याङ चिन फिंगले हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामालाई हस्तान्तरण गरेका हुन ।
युनान प्रदेशको नेपाल कार्यालयले बागमती प्रदेश सरकारसँग भगिनी सम्बन्ध स्थापित गरेसँगै कार्यालयले प्रदेशको राजधानी रहेको हेटौंडासँग सम्बन्ध स्थापित गर्दै पार्क निर्माण गरेको हो । हेटौंडा उपमहानगरपालिकाको समन्वयमा हेटौंडाका विभिन्न ठाउँमा देखाएको जमिन मध्य कार्यालयले हेटौंडा औंद्योगिक क्षेत्रको जमिनमा पार्क निर्माणमा रुचि देखाएको थियो ।
हेटौंडा औंद्योगिक क्षेत्रभित्र रहेको खेलमैदानको पुर्वदक्षिणी भागमा निर्माण गरेको पार्कको लागत भने खुलाइएको छैन । करिब २ महिना लगाएर निर्माण गरेको पार्कमा दैनिक व्यायमका लागि आवश्यक सामग्रीहरु रहेको छ । पार्कमा खेल समयका क्रममा थकान महशुुस भएमा बस्ने ठाउँको व्यवस्थासहित सुन्दर ग्रिनरीको व्यवस्था रहेको छ ।
पार्क हस्तान्तरणमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले छिमेकी राष्ट्रको युनान प्रदेश र हेटौंडा बिचको सम्बन्धलाई दिगो राख्न यस्ता कामले महत्वपुर्ण भुमिका खेल्ने बताइन । आपसी सम्बन्धको विकासले भाइचारा प्रगाढ बनाउने उनको भनाई छ ।
पार्क हस्तान्तरणमा हेटौंडा उपमहानगरपालिका ९ का वडा अध्यक्ष सुकराम केसी, हेटौंडा उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शिबराज चौलागाई, नेपाल–चिन कार्यकारी परिषदका महासचिव राजेन्द्र नकर्मि लगायतको उपस्थिति रहेको थियो । समृद्ध समाजबाट












प्रतिक्रिया दिनुहोस्