हेटौंडा । मंसिर १९ गते प्रहरी परिसरमा पत्रकारहरुमाथी भएको दुब्र्यबहारप्रति युवा ब्यबसायी बिकेशलाल श्रेष्ठले आत्मआलोचित हुंदै दुःख ब्यक्त गरेका छन् । उक्त दिन प्रहरी परिसरभित्र केही युवाहरुले पत्रकारहरुलाई पेशागतरुपमा नै आँच आउनेगरी अपशब्द प्रयोग गरेका थिए । उक्त घटनामा संलग्न भएको भएपनि आफुले भने अपशब्द प्रयोग नगरेको श्रेष्ठको भनाइ रहेको छ ।

श्रेष्ठले उक्त दिन घटनामा संलग्न सबैको तर्फबाट एकमुष्टरुपमा पत्रकार महासंघ मकवानपुरमा उपस्थित भएर माफी माग्दै सोही दिन राती सामाजिक संजालमार्फत दुःख ब्यक्त गरी आगामी दिनमा पत्रकारहरुलाई सहकार्य गर्न समेत आग्रह गरेका छन् ।